राजमाता-Rajmata

from $19.99
Limit 1 per order

Excerpts:

मावली तनहुँसुरमा लामै समय सँगै भएका राजेश्वरीका छोराले अन्ततः गद्दी पाए, ललितपुरका राजा भए भन्ने चर्चा गद्दी बैठकमा भएको थियो। तमाखु टक्र्याउन पुगेको हुक्केबाट सुसारे भीमा हुँदै मल्लिकावतीले सुनिन्।

"राजेश्वरीले छोरा राजा हुन भनीकन नुवाकोट भैरवी भाक्या पूरा भयाछ। महीन्द्र मल्ल ललितपुरका राजा भयाछन्, बुबु," धाईलाई राजेश्वरी र उनका छोरा महीन्द्रको खबरले कुनै महत्त्व राख्दैन भन्ने थाहा हुँदाहुँदै पनि आफूले पाएको जानकारी मल्लिकावतीले त्यसै दिन धाईसँग पनि नबाँडिरहन सकिनन्।

राजा दामोदर सेनको भित्रीनीपट्टिको सन्तानका रूपमा हिसाब राखिन् राजेश्वरीलाई धाईले। धाईको पहिलादेखि नै राजेश्वरीप्रति रत्तीभर सहानुभूति सद्भाव थिएन। सायद धाई दरबार पसेदेखि नै राजेश्वरीकी मुमासँग नै चर्को वैरभाव थियो।

मल्लिकावतीले उत्साहमा सुनाएको खबरप्रति हर्ष न विस्मात्को भावमा भनिदिइन्, "बेस भयाछ, तपना-जपना पूरा भयाछ, मैयाँ महारानी।"

————————

वर्ष १४११, आषाढमा चाडपर्व बिसाएर किसान जति रोपाइँको मेलो पसे। खोलानाला उर्लिने कारण बर्खाभरि डोलाजी आउनेछैनन् भन्ने देवलदेवीलाई पक्का यकिन थियो। तर पनि उपत्यका पस्ने भन्ज्याङ भएर आउने बाटोमा घरीघरी उनका आँखा फुत्तफुत्त जाने गर्थे। धान रोपिइसकेर हिलो पखालेपछि धान भित्र्याउँदासम्मका लागि किसान पर्वजात्राको हर्षोल्लासमा भए। देवलदेवी पनि नातिनी राजल्लदेवीलाई लिएर गथामुगः चह्रेदेखि नै सक्रिय सहभागिता जनाउन लागिन्।

घण्टाकर्णपछि श्रावण शुक्ल पञ्चमीमा अष्टनाग कोरेर प्रत्येक मूलढोकामा टाँस्ने नौथरी अन्न गेडागुडी भिजाएर प्रसादस्वरूप देवतालाई चढाउने श्रावणी होमतर्पण गर्ने दिन आयो। त्यसपछिको गुन्हीपुन्ही आउँदै थियो। पूर्णिमामा सबेरैदेखि नौ ओटा पूर्वाभिमुख ढुङ्गेधारामा नुहाउने, तागाधारीले जनै फेर्ने गरे। स्नान गराएर चरिचट्ट गहना पहिन्याइएकी थिइन् उपजराज राजल्लदेवी। पहिला उपजराजलाई अनि सेतो वस्त्रकी देवलदेवीलाई पुरोहितले बायाँ नाडीमा पहेलो धागो बाँधिदिए। सुसारेहरू कोरीबाटी सिँगारिएर दरबारबाट पूजा सामग्रीसहित राजखेतमा भ्यागुतालाई भात खुवाउन गए।

Shipping: