मर्नुअघि-Before I die

from $14.99
Limit 1 per order

Written by California-based cancer survivor Jamuna Bhattarai, this deeply poignant memoir chronicles her harrowing battle with breast cancer and the agonizing emotional toll of facing mortality. Demonstrating enormous courage and an unbreakable fighting spirit despite her many struggles, Bhattarai's narrative ultimately highlights how profound inner resilience and willpower are the most essential forces for overcoming life's darkest moments.

Excerpts:

अब मेरो जीवनको सम्बन्ध क्यान्सरसँग गाँसिएको छ । लगभग पाँच वर्षअघि जब पहिलो पटक थाहा भयो कि मलाई क्यान्सर भएको छ, त्यो क्षण आज पनि सम्झन मन लाग्दैन । बितेका दिनहरूको सम्झनासँगै मनमा चिसो सन्नाटा छाउँछ, जसका कारण मेरो शरीरभन्दा पहिल्यै आत्मा डराउँछ ।

मलाई अचानक ब्रेस्ट क्यान्सर भएछ । पहिलोपटक सुन्दा छाँगाबाट खसेजस्तो भएँ तर सत्य स्विकार्नुको विकल्प थिएन । त्यसैको उपचारका क्रममा म अस्पतालको शय्याबाट मृत्युका दिनहरू गनिरहेकी थिएँ तर भित्तामा झुन्डिएको घडीको सुईले केवल समय मात्र गनेन, उसले मेरो आस्था, साहस र मातृत्वको गहिरो परीक्षा पनि लिएर गयो । म एकातिर मृत्युसँग लडिरहेकी थिएँ, अर्कोतिर कानभित्र घन्किरहेका थिए ती कठोर वाक्यहरू नजिकबाट- 'अब के बाँकी छ र... ? यत्रो पैसा खर्च गरेर के पाइन्छ... ? किन बाँच्नुपर्‍यो र अब... ?

यस्ता प्रकारका शब्दबाणले मलाई निरन्तर प्रहार गरिरहन्थे । केमोथेरापीले गलेको शरीरसँगै रातभर आँसुको भेलमा भिजेको सिरानी, बिहानको घाममा सुकाउँदै म सूर्यसँग आँखा जुधाउँथेँ र प्रश्न गर्थेँ- 'के म साँच्चै मर्दै छु... ?' 'के अब यति नै हो त मेरो जीवन... ?'

त्यो क्षण सम्झिँदा वास्तवमै मनमा असाध्यै कहाली लागेर आउँछ अहिले पनि !

मलाई छटपटीले एकदमै सताएको महसुस हुन्थ्यो, म अब मर्दै छु भने । यदि म बाँचिहालेँ भने केही त गर्छु गर्छु भन्ने लाग्थ्यो । आफूले फेर्ने सासभन्दा पनि धेरै दह्रो आत्मबल हुनु जरुरी रहेछ जीवनमा ।

Shipping: