Image 1 of 2
Image 2 of 2
डङ्की-सपनाको कालबाटो By डा.चन्द्र गिरी
गन्तव्य थाहा छ तर बाटोको टुङ्गो छैन। बाँचिन्छ कि मरिन्छ, ठेगान छैन।
तैपनि एउटा झोला बोकेर घरपरिवार, साथीभाइ, गाउँ र देश छोडेर सपना र यथार्थको सङ्घर्षबीच अल्झिएको एउटा यात्रा हो– डङ्की : सपनाको कालबाटो।
ड्यारियन ग्यापको जङ्गल, मरुभूमिको उरुखमाउलो राप, ग्यास स्टेसनको गोली, ट्रान्जिटको गल्ती अथवा... सीमाको पर्खाल—हरेक दृश्य भोगाइका गहिरा साक्षी हुन्।
पासपोर्टविनाको भारी आत्म–पहिचान बोकेर हिँडेको एक पतिको कथा, एक आशाको मौन प्रतीक्षा अनि छोरीको आँखाभित्र बाँचेको बुबाको सम्झना हो।
यो उपन्यास केवल एक नेपाली प्रवासीको कथा होइन, यो त हजारौँ अनुहारहरूको साझा पीडा, विस्थापनको आँधीमा उभिएको साहस र मायाले जोगाइराखेको मानवीयताको दस्तावेज हो।
सबै सपना त पूरा होलान्–नहोलान्, तर त्यसको पछाडि समातेर गरिएको यात्रा कहिल्यै व्यर्थ हुँदैन। जहाँ देशको सीमाभन्दा ठूलो हुन्छ, एक व्यक्तिको कथा— डङ्की: सपनाको कालबाटो।